बाँसका सामग्री निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय तालिमपछि प्रशिक्षार्थी उत्साहित

काठमाडौं, २२ चैत । 'बाँसले जीवन राम्रो बनाउँछ' भन्ने नाराका साथ सुरू भएको बाँसको तालिम उत्साहपूर्ण सहभागिताको साथ सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम १५ दिनसम्म चलेको थियो । चैत १३ गतेदेखि सञ्चालन भएको तालिममा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २१ जना प्रशिक्षार्थी सहभागी…