बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप दुर्गम जिल्ला, मुगुमा काज सरुवा गरेका हुन्। मुगु जिल्ला अदालतका न्यायाधीश रमाकान्त अधिकारीलाई सिन्धुली सरुवा गरिएको न्याय परिषद् स्रोतले जानकारी…