काठमाडौं । धनगढी विमानस्थलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको श्री एयरको जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुँदा जहाज भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो। ७७ जना यात्रुसहित बिहीबार बिहान ७ बजेर १२ मिनेटमा धनगढी विमानस्थलबाट जहाज उडेको थियो। श्री एयरलाइन्सका धनगढी ईञ्चार्ज गजेन्द्र शाहीका अनुसार काठमाडौंको आकाश…