एकै दिनमा १६ स्थानमा आगलागी र ९ स्थानमा डढेलो

काठमाडौँ । देशका विभिन्न स्थानमा गएको २४ घण्टामा १६ स्थानमा आगलागी र ९ स्थानमा डढेलोको घटना भएको छ । घटनामा मानवीय क्षति भने हुन नपाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाजुरा, भोजपुर, पाँचथर, धनकुटा, गोरखा, झापा, सप्तरी, तेह्रथुम, सिराहा, भक्तपुर, मकवानपुर, धनुषा, धादिङ, पाल्पा र इलामका विभिन्न स्थानमा…