इटहरीमा अत्याधुनिक र सुविधासम्पन्न बसपार्क बन्ने

इटहरी । पूर्वी नेपालको संगमस्थल मानिने सुनसरीको इटहरीमा अत्याधुनिक र सुविधासम्पन्न बसपार्क बन्ने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा ठेक्का लागेर नयाँ बसपार्क निर्माणको काम सुरू भएको छ। मंगलबार इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गर्दै समयमै निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन्। भवन निर्माण भए सँगै अत्याधुनिक र सुविधा सम्पन्न…