काठमाडौँ- मधेशमा चिसो धमाधम ओरालो लाग्दैछ, बिस्तारै तापक्रम उकालो लाग्दैछ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल सुरु भएको छ । सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्न सकिने पर-परका खेतबारीमा मानिसहरू देखिन थालेका छन् । रौतहटको वृन्दावन नगरपालिका-१ को फ्रेसकेटीएम फार्मका कामदारलाई बिहानैदेखि कामको चटारोले…