एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट

काठमाडौं -विश्व राजनीतिमा हलचल आए सँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तिब्रता दिएका छन् । यसैबीच नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर-काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन्। भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ। दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग विश्व राजनीति र रुसका प्राथमिक एजेन्डा बारे पनि छलफल गरेको…