विश्वासकाे मत नपाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वतः पदमुक्त

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत नपाएसँगै उहाँ पदमुक्त हुनुभएको हो ।२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिनेमा प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ जना सांसदले मत  दिनुभयो । उहाँको विपक्षमा १९४ मत परेको छ भने एक मत दिन्न भन्नेमा परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति…