होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु, उनीसँगै आएका युवक फरार

जनकपुर । जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ। सिटी स्टार फेमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए। उनका अनुसार छिमेकी कोठामा बस्ने…