काठमाडौँ । नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा भोलि प्रज्ञा प्रतिष्ठानको भवनमा “दशौं वातावरण साहित्य गोष्ठी” आयोजना हुने भएको छ। कार्यक्रममा लेखक विजय हितानद्वारा रचित पर्या कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ। वातावरणीय सरोकार बोकेको यस कवितासंग्रहले प्रकृति, जीवन, र वातावरणीय परिवर्तनबारे गहिरो अनुभूति र चिन्तन प्रस्तुत गरेको छ।…