वैकल्पिक सडकहरुको विकास प्राथमिकतामा राख्ने भौतिक मन्त्री दाहालको प्रतिवद्धता

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गहरु अवरुद्ध हुन नदिन वैकल्पिक सडकहरुको विकास र विस्तार गरिने बताउनु भएको छ । शनिवार ललितपुरका विभिन्न ग्रामिण क्षेत्रका सडकहरुको निरीक्षणका लागि पुग्नु भएका उहाँले वैकल्पिक सडकहरुको विकास र विस्तार गरि ग्रामिण क्षेत्रमा समेत सडकको पहुँच स्थापित गरिने बताउनु भएको हो । महाङ्काल गाउँपालिका कार्यालयमा आयोजीत…