खेलकुद मन्त्रीको राजीनामाको मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानको आन्दोलन सुरू

काठमाडौं – खेलकुद मन्त्रीको राजीनामा, भ्रष्टाचारमा संलग्न भनिएका निर्देशक रामप्रसाद भट्टराईको छानबिन तथा संगठन सुधारको मागसहित नेपाल स्काउट शुद्धीकरण अभियानले मंगलबारदेखि आन्दोलन सुरू गरेको छ। चार सूत्रीय माग अघि सार्दै अभियानको पहिलो चरण अन्तर्गत एक घण्टा मौनधर्ना कार्यक्रम आयोजना गरिएको छ । नेपाल स्काउटमा भइरहेका बिकृति र विसंगतिहरूको विरुद्ध आवाज उठाउँदै सुधारको माग गर्दै पारदर्शिता…