स्थानीय अनुकूलन प्रवर्द्धनका लागि दक्षिण एशियाली कार्यशाला काठमाडौंमा सम्पन्न

काठमाडौं, फागुन २— दक्षिण एशियामा स्थानीय नेतृत्वमा आधारित अनुकुलनको प्रवर्द्धनका लागि भएका चुनौती, असल अभ्यास तथा अवसरबारे छलफल गर्न आयोजित कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालयको समन्वय तथा द ग्लोबल सेन्टर अन एडप्टेशन (GCA) र डि.सि.ए.को आयोजनामा सम्पन्न उक्त कार्यशालामा दक्षिण एशियाली मुलुकहरुको अनुकुलन अभ्यासबारे अनुभव आदानप्रदान गरिएको थियो। कार्यशालाको अन्तिम दिन…