धादिङको गजुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा होम बहादुर राउत

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा होम बहादुर राउत नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा नियुक्त भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार उनलाई गजुरी पठाइएको हो। यसअघि गजुरीमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत राजु अधिकारीलाई त्रिपुरासुन्दरी गाउँपालिकामा सरुवा गरिएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत राउतलाई आज एक औपचारिक कार्यक्रमकाबिच गजुरी गाउँपालिकामा स्वागत गरिएको…