अछाम । अछाममा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाकाे सनाखत भएको छ। ज्यान गुमाउने पाँचै जना एकै वडाका रहेको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकले जानकारी दिए। मेल्लेख गाउँपालिका वडा नम्बर ७ सुयडीमा साँफेबगर जाँदै गरेको सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो। ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो।…