काठमाडाैँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलमा शनिबार भएकाे घटनामा आफ्ना २ सन्तानको हत्या गरेर महिलाले आत्महत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ । महालक्ष्मी नगरपालिका–४, ओचुहाइटकी रविनाले घरको साढे २ तलामाथिबाट हाम फालेकी थिइन् । हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्याएका थिए । शनिबार अपराह्न…