वीरगन्ज । जथाभावी फोहर फ्याँक्नेहरूमाथि कारबाही सुरु गरेको वीरगन्ज महानगरपालिकाले गएको ६ महिनामा साढे २४ लाख रुपैयाँ जरिमाना उठाएको छ। वीरगन्ज महानगरपालिकाले गत २०७९ पुस १७ गतेदेखि जरिमाना गर्न सुरु गरेको र हालसम्म जथाभावी फोहर फ्याँक्ने व्यक्ति र संस्था गरी ९०० जनाबाट २४ लाख ६३ हजार जरिमानाबापतको राजस्व संकलन गरेको सरसफाइ शाखा प्रमुख सरफुदिन मियाँले…