ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा केही दिनको लागि रोकिएको छ । रथ तान्ने क्रममा निकै ढल्किएकाले ललितपुर गुठी संस्थानले केही दिनका लागि रथजात्रा रोकेर रथ मर्मत गर्ने जनाएको हो । हिजो रथ ओकुबहालबाट लगनखेलसम्म तान्ने क्रममा निकै ढल्किएकाले रथलाई थपाहितीसम्म मात्र तान्न सकिएको थियो । रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तान्ने क्रममा नःटोलमा बिजुलीको पोलमा ठोकेसँगै…