काठमाडौँ । महिला सुरक्षा दबाब समूहको आयोजनामा र के एफ बी अष्ट्रियाको सहयोगमा हालको सम्बन्ध विच्छेदसम्बन्धी कानुनमा रहेका लैङ्गिक विभेदकारी व्यवस्थाबारे सरोकारवालाहरूबिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला सुरक्षा दबाब समूहकी उपाध्यक्ष इरादा गौतमले सम्बन्ध विच्छेदसँग सम्बन्धित कानुनमा भएका विभेद अन्त्य गर्न सरोकारवालाहरूले एकताबद्ध भएर काम गर्नुपर्ने आवश्यकता औंल्याएकी थिइन्। उनले लैङ्गिक समानताका…