काठमाडौँ । सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कानुनका आधारभूत विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक्र्याटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल) ले आयोजना गरेको ५ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देशैभरका सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूलाई कानुनबारे आधारभूत जानकारी दिने उद्देश्यका साथ विद्यालयमा कानुनसम्बन्धी कक्षा सञ्चालन गर्नका लागि प्रशिक्षकहरूलाई प्रशिक्षण गरिएको थियो ।…