३ महिना सडक खन्न रोक ,जबर्जस्ती सडक खनेमा ऐन अनुसार कडा कारबाही गरिने

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सार्वजनिक सूचना निकालेर यो अवधिभर सडक खन्न रोक लगाएको जनाएको छ । वर्षायाममा धारा, ढल,  बिजुली, टेलिफोनलगायत प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने भएकाले खन्न रोक लगाएको कार्यालयले जानकारी दिएको छ ।…