सुर्खेत । दृष्टिविहीनहरूको शिक्षाको क्षेत्रमा पहुँच पुर्याउन काम गरिरहेका छिटुप दोर्जे लामाले बाल्यकालमा आफैंले ब्रेललिपीमा पढ्न पाएनन्। हुम्लामा जन्मिएका उनलाई ब्रेललिपी त परको कुरा, विद्यालय जाँदा पनि साधारण व्यक्तिसरह व्यवहार समेत गरिएन। उनी दृष्टिविहीन हुन्। जन्मजात अपांगता भएका छिटुपले सुनेकै भरमा एसएलसीसम्मको अध्ययन पूरा गरे। एसएलसी पछिका केही बर्ष उनको पढाई रोकियो। किनभने उनी दृष्टिविहीन…