महोत्तरी । रामबाबु कार्की बिहानै उठेर आमाबुबालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो । पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो । आमा दुर्गाकुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउँदै समाचार सुनिरहेको अझै ताजा छ । युद्धकालीन उक्त समयमा दुर्गाकुमारीले परैबाट रेडियोमा आर्मी र माओवादीबीच भिडन्त भएको र मानिसहरू मरिरहेको सुनिन्…