रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै उच्छृंखल गतिविधि हुँदा स्थानीय प्रशासनले कर्फ्यु दायरा बढाएको छ। ईशनाथ-७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा २ समुदायबीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुंगा हान्दा स्थानीय कार्तिकेश ठाकुरलगायत घाइते भएका थिए।…