काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरूङलाई पक्राउ गरेको छ। सोमबार बिहान काठमाडौंको सामाखुसी क्षेत्रबाट उनलाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। उनी प्लाटिनम कलेजका सञ्चालक समेत हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा प्रहरीले उनलाई पक्राउ गरेको हो। विमानस्थल भन्सार कार्यालयले गत…