काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताउनु भएको छ । जेठ भरिमा पूरा गरि लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताउनु भयो । आईतबार विहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उहाँले निर्माणका बाँकि कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिनुभयो…