काठमाडौँ, ९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा…