काठमाण्डौ – काठमाण्डौका विभिन्न ठाउँमा आजदेखि एक हप्तासम्म दैनिक ६ घण्टा बिजुली नआउने भएको छ । काठमाण्डौको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ । स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १ सय ३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गर्न…