धनगढी । कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहिन भएकी छन्। गोदावरी नगरपालिका–५ वरबट्टाकी सुनीता परियार फागुन ९ गतेदेखि सम्पर्कविहिन भएकी हुन्। उनको खोजीका लागि प्रहरीमा खवर गरे पनि फेला नपारेको उनका श्रीमान गणेश परियारले बताए। सुनीताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए।…